स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचले विश्वकप फाइनल खेलाउने  « Khabarhub

स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचले विश्वकप फाइनल खेलाउने 


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफाले २०२६ फिफा विश्वकपको फाइनल खेलका लागि स्लोभेनियाका अनुभवी रेफ्री स्लाभ्को भिन्चिचलाई नियुक्त गरेको छ। 

उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच सोमबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने खेलमा उनले मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछन्। 

४६ वर्षीय भिन्चिचलाई सहायक रेफ्रीका रूपमा उनका हमवतन टोमाज क्लान्चनिक र आन्द्राज कोभाचिचले साथ दिनेछन्। जोर्डनका अधाम मखादमेह चौथो अधिकारीका रूपमा रहनेछन्। 

भिन्चिच युरोपका सबैभन्दा अनुभवी रेफ्रीमध्ये एक मानिन्छन्। उनले २०२४ को यूईएफए च्याम्पियन्स लिग फाइनल (रियल म्याड्रिड विरुद्ध बोरुसिया डर्टमुन्ड) र २०२२ को यूईएफए युरोपा लिग फाइनलसमेत सञ्चालन गरिसकेका छन्। 

विश्वकपमा पनि उनी दुवै टोलीका लागि परिचित अनुहार हुन्। कतारमा भएको २०२२ विश्वकपमा उनले अर्जेन्टिनाको साउदी अरेबियाविरुद्धको समूह चरणको खेल सञ्चालन गरेका थिए, जहाँ अर्जेन्टिना २–१ ले पराजित भएको थियो। 

त्यस्तै, उनले युरो २०२४ मा स्पेनको इटालीमाथिको १–० को जितमा पनि रेफ्रीको जिम्मेवारी सम्हालेका थिए। 

यसपटकको फाइनलमा स्पेन दोस्रो विश्वकप उपाधिको खोजीमा हुनेछ भने अर्जेन्टिना कतार २०२२ को उपाधि जोगाउँदै इतिहासमै चौथो विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ११ : ५१ बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको