जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो « Khabarhub

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस स्टार जुड बेलिङ्घमबीच भएको भनाभनको विषय सार्वजनिक भएको छ। 

खेलको सुरुआती चरणमै दुवै खेलाडीबीच फाउलको विषयलाई लिएर चर्काचर्की भएको थियो। 

प्रत्यक्ष प्रसारणमा आवाज स्पष्ट नसुनिए पनि मैदान नजिकका माइक्रोफोन र ओठको हाउभाउ (लिप रिडिङ) का आधारमा उनीहरूबीचको संवाद बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

रिपोर्टअनुसार बेलिङ्घमले मेस्सीतर्फ हेर्दै, ‘अब तिम्रो समय सकियो, अब हाम्रो पालो हो’ भन्ने आशयको टिप्पणी गरेका थिए। त्यसको जवाफमा मेस्सीले शान्त रहँदै ‘खेल सकिएपछि कुरा गरौँ’ भन्ने प्रतिक्रिया दिएका थिए। 

यो घटनापछि अर्जेन्टिनाले खेलमा उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित निकाल्यो। इङ्ग्ल्यान्डले एन्थोनी गोर्डनमार्फत अग्रता लिए पनि एन्जो फर्नान्डेजले बराबरी गोल फर्काए। 

त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्‍याए। मेस्सीले बराबरी गोलका लागि महत्त्वपूर्ण असिस्ट गरेका थिए। 

खेलपछि सामाजिक सञ्जालमा मेस्सी र बेलिङ्घमबीचको भनाभनको भिडियो व्यापक रूपमा भाइरल बनेको छ। धेरै समर्थकले बेलिङ्घमको चुनौतीको अन्तिम जवाफ मेस्सीले आफ्नो प्रदर्शनबाट दिएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १२ : ०८ बजे

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा