विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा « Khabarhub

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा क्लब फुटबलबाट एउटा रोचक तथ्य सार्वजनिक भएको छ । 

फाइनलमा सबैभन्दा धेरै खेलाडी प्रतिनिधित्व गराउने क्लब स्पेनको एट्लेटिको म्याड्रिड बनेको छ ।

डिएगो सिमियोनेको प्रशिक्षणमा रहेको एट्लेटिको म्याड्रिडका कुल ९ खेलाडी विश्वकप फाइनलमा सहभागी हुनेछन् । स्पेनिस क्लब बार्सिलोनाका ८ खेलाडी फाइनल खेल्ने भएकाले एट्लेटिको एकजनाले अगाडि रहेको छ ।

अर्जेन्टिनातर्फ एट्लेटिकोका जुआन मुस्सो, नाहुएल मोलिना, जुलियानो सिमियोने, थियागो अल्माडा र जुलियन आल्भारेज फाइनलमा हुनेछन् । 

सुरूवातमा एट्लेटिकोको टोलीमा रहेका निकोलास गोन्जालेजको लोन सम्झौता प्रतियोगिताकै क्रममा सकिएपछि उनी युभेन्टस फर्किएकाले एट्लेटिकोका प्रतिनिधिको सूचीमा समावेश छैनन् ।

यस्तै स्पेनतर्फ मार्कोस योरेन्ते, मार्क पुबिल, आलेक्स बाएना र आलेहान्द्रो ग्रिमाल्दो एट्लेटिको म्याड्रिडका खेलाडीका रूपमा फाइनल खेल्नेछन् । 

ग्रिमाल्दो विश्वकपकै अवधिमा आधिकारिक रूपमा एट्लेटिकोमा आबद्ध भएका हुन् ।

उता बार्सिलोनाका जोआन गार्सिया, पाउ कुबार्सी, एरिक गार्सिया, गाभी, लामिन यामाल, डानी ओल्मो, पेड्री र फेरान टोरेस स्पेनको टोलीबाट फाइनल खेल्नेछन्।

एट्लेटिको म्याड्रिडका ९ खेलाडी विश्वकप फाइनलमा पुग्नु क्लबका लागि ऐतिहासिक उपलब्धि पनि हो। 

यो संख्या विश्वकप फाइनलमा एउटै क्लबका सबैभन्दा धेरै खेलाडी प्रतिनिधित्व गर्ने कीर्तिमानसँग बराबरी हो।

यसअघि युभेन्टसले १९३४ को विश्वकप फाइनलमा तथा पेञारोलले १९५० को विश्वकप फाइनलमा समान ९ खेलाडी प्रतिनिधित्व गराएका थिए।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १२ : १९ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका