विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका « Khabarhub

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा सहभागिता नजनाएपछि आइतबार हुने फिफा विश्वकप फाइनलअघि उनको फिटनेसलाई लिएर चिन्ता बढेको छ।

१९ वर्षीय यामाल फ्रान्सविरुद्धको सेमिफाइनल जितपछि मैदानबाट लडखडाउँदै बाहिरिएका थिए। बिहीबारको प्रशिक्षणमा उनी हल्का स्ट्रेचिङमा मात्रै सहभागी भए । पासिङ अभ्यासमा उनी सहभागी भएनन्। उनको बायाँ तिघ्रामा पट्टी बाँधिएको देखिएको थियो।

स्पेनको प्रशिक्षक टोलीले भने यामाललाई आराम दिन ‘वर्कलोड व्यवस्थापन’ का कारण प्रशिक्षणबाट बाहिर राखिएको दाबी गरे। उनी आइतबार अर्जेन्टिनाविरुद्धको फाइनलका लागि उपलब्ध हुने जनाएको छ। यद्यपि, उनको चोटको वास्तविक अवस्था अझै स्पष्ट भएको छैन।

यामाल यस विश्वकपअघि बायाँ ह्यामस्ट्रिङको चोटबाट निको हुने क्रममा थिए। ह्यामस्ट्रिङको चोट सामान्यदेखि गम्भीरसम्म हुन सक्छ । यो चोट पुनः बल्झिने सम्भावना पनि रहने भएकाले उनको अवस्थालाई नजिकबाट हेरिएको छ।

फ्रान्सविरुद्धको खेलको अन्त्यतिर कप्तान किलियन एम्बाप्पेलाई रोक्ने क्रममा यामालले बायाँ खुट्टा समातेका थिए। त्यसपछि उनले मैदानमै खेल जारी राखे पनि खेलपछि लडखडाउँदै बाहिरिएको दृश्यले चोट पुनः बल्झिएको हुन सक्ने अनुमान गरिएको छ।

यस विश्वकपमा यामालले सात खेलमा एक गोल गरेका छन् भने पाँच अवसर सिर्जना गरेका छन्। उनी टोलीमा रहेपछि स्पेनले लगातार १४ खेलमा हार व्यहोरेको छैन। त्यसैले अर्जेन्टिनाविरुद्धको फाइनलअघि उनको फिटनेस स्पेनका लागि निर्णायक मानिएको छ।

यद्यपि, यामालको स्वास्थ्य अवस्थाबारे आधिकारिक चिकित्सकीय विवरण सार्वजनिक गरिएको छैन। टोली व्यवस्थापनले उनी फाइनल खेल्न सक्षम हुने दाबी गरे पनि अन्तिम निर्णय खेलअघिको फिटनेस परीक्षणपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा