२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर « Khabarhub

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताका सर्तहरू अनुसार ‘वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन’ एउटा स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ जसको मुख्यालय साङ्घाईमा रहने छ ।

चीनमा आयोजित सन् २०२६ को विश्व एआई सम्मेलन तथा ‘ग्लोबल एआई गभर्नेन्स’ सम्बन्धी उच्चस्तरीय बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

चिनियाँ विदेश मन्त्री वाङ्ग यीले चीनयाँ सरकारको तर्फबाट कजाकिस्तान, लाओस, पाकिस्तान, रूस र इन्डोनेसियासहित २९ वटा देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरी सङ्गठनको संस्थापक सदस्य भएको बताएका छन् । 

हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी रहेको जनाइएको छ । 

सम्झौता अनुसार, नव गठित सङ्गठनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्यलाई समर्थन तथा आत्मसाथ गर्र्नेछ भने सार्वजनिक लाभका लागि आवाश्यक परामर्श र संयुक्त योगदानलाई बढावा दिई जनकेन्द्रित दृष्टिकोणबाट सञ्चालित हुनेछ ।

सङ्गठनको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी शासनलाई सुदृढ पारी एआईलाई फाइदाजनक, सुरक्षित र निष्पक्ष भएको सुनिश्चित गर्नु तथा सम्पूर्ण मानवताको फाइदाको लागि यसको स्वस्थ र व्यवस्थित विकासलाई बढावा दिएको जनाइएको छ । रासस
 

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  २ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको