भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका « Khabarhub

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका गायक तथा मोडल दुर्गेश थापामाथि फेरि त्यही नियति दोहोरिएको छ ।

नायिका प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’को हाइप बढाउन गिफ्टको फन्डा रचिएको गीत ‘ओइ मास्टर्नी’का कारण दुर्गेश बहिष्कारमा परेका हुन् ।

उक्त ‘डर्टी ट्रयाक’मा अश्लीलता र यौनसँग सम्बन्धित सुनिने शब्दहरू नियतवश राखिएको छ । ‘क, ख होइन अ, आ’ र ‘म्याथ सिक्ने भए‍…’ जस्ता द्विअर्थी शब्द गीतमा राखिएको छ ।

गीतको भिडियोमा मास्टर्नीलाई ‘आइटम गर्ल’को तहमा उतारिएको छ । यो विषयमा नेपाल शिक्षक महासंघले आपत्ति जनाइसकेको छ ।तनहुँका एकजना शिक्षक रमेशबहादुर भट्टराईले गीतमाथि प्रतिबन्ध लगाउन मागसहित सञ्चारमन्त्रालयमा निवेदन नै हालेका छन् ।

‘अमयार्दित र भाव संयोजन गरिएकाले त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि भम्भीर प्रश्न उठाएको छ,’ महासंघले भनेको छ।

शिक्षकहरूले यो गीत र फिल्म बहिष्कार गर्नेसमेत चेतावनी दिएका छन् ।

बहिष्कारमा परेर दुई वर्षजति अन्डरग्राउन्डकै तहमा बसेका दुर्गेश गत वर्षबाट गीत गाउँदै कलकर्ममा फर्किएका थिए । नाबालिग गायिका बलात्कार प्रकरणमा जोडिँदा बहिष्कारमा परेर तय भएको कन्सर्टबाट पनि उनलाई ड्रप गरिएको थियो ।

यसरी विवादमा आउँदाको नराम्रो परिणाम दुर्गेशले केही समयमै बिर्सिएका छन् । पेशाकेन्द्रित पात्रहरूकाबारे गीत गाउँदा उनले बौद्धिक पाटोबाट सोच्ने सकेनन् । अर्थात्, भ्युजका लागि दुर्गेशले भाइरल बन्ने ‘चिप’ शब्द खोज्दा शिक्षक संघले बहिष्कार नै गर्‍यो ।

सस्तो लोकप्रियता र भ्युजका लागि ‘चिप’ हर्कत गर्ने कलाकारहरूको चरित्रले फिल्म क्षेत्र अहिले बदनाम छ । यो गीत, प्रियंका र दुर्गेश त्यसैको निरन्तरता दिँदा गम्भीर विवादमा परेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ३ : २३ बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल