सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते « Khabarhub

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा पछाडि सवार अर्का एक जना घाइते भएका छन्।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकानजिकै सोमबार साँझ को ६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१ भलवाका ३५ वर्षीय ओम साफीको उपचारका क्रममा भारदह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार भलवाकै २० वर्षीय मंजय साफी घाइते भएका छन्। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ८ : ४१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५