प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै « Khabarhub

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच मङ्गलबार भेटवार्ता हुँदै छ।

मङ्गलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको तयारी भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका सेनाध्यक्ष सेठ भेटवार्तापछि बुधबार स्वदेश फर्किने कार्यक्रम छ।

यसअघि सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने ऐतिहासिक परम्परा रहँदै आएको छ।

सोमबार नै सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक सम्मान गारत निरीक्षण गर्नुका साथै उनले परिसरमा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ११ : ११ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)