फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु « Khabarhub

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षाकोठामा गोली चलाएको जनाएको छ । 

घटनामा कक्षा १० का एक विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने विद्यालयले मृतकको सङ्ख्या दुई रहेको जनाएको छ ।

पश्चिमी मिन्डानाओको जाम्बोआङ्गा सहरस्थित क्याथोलिक निजी संस्था एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालयमा घटना भएको हो । पछिल्ला केही महिनामा फिलिपिन्समा भएको यो दोस्रो विद्यालय गोलीकाण्ड भएको प्रहरीले जनाएको छ ।

क्षेत्रीय प्रहरीका अनुसार कक्षा ९ का एक विद्यार्थीले विद्यालय परिसरभित्र पिस्तोल र राइफल ल्याएर कक्षाकोठामा गोली चलाएका थिए ।

त्यसपछि उनले आफैँलाई गोली हानेको बताइएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले प्रारम्भिक रूपमा जनाएको थियो ।

प्रहरी प्रवक्ता सेल्ला चाङले घटनाको अनुसन्धान जारी रहेको र गोली चलाउनुको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् ।

उनका अनुसार घटनास्थलमा प्रमाण सङ्कलन तथा अन्य अनुसन्धान भइरहेको छ । घटनामा कति जना घाइते भए भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

स्थानीय सञ्चारमाध्यमले फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको भिडियोमा बन्दुक बोकेको व्यक्तिले प्रथम–व्यक्ति शैलीको भिडियो गेममा जस्तै बन्दुक कक्षातर्फ सोझ्याउँदै गल्लीबाट अघि बढेको र गोली चलाएको देखिन्छ । 

त्यसपछि विद्यालय पोसाकमा रहेका विद्यार्थीहरू चिच्याउँदै सुरक्षित स्थानतर्फ भागेका देखिन्छन् । घटनापछि कथित बन्दुकधारीको फेसबुक खाता निष्क्रिय गरिएको छ ।

जाम्बोआङ्गा सहरका मेयर खैमर ओलासोले स्थानीय रेडियोसँग कुरा गर्दै भिडियोमा बन्दुकधारीले सुरुमा टेबलमा बसेका शिक्षकलाई गोली हानेको देखिएको बताए । 

उनका अनुसार पहिलो गोली लक्ष्यमा नलागेपछि बन्दुकधारी अर्को कक्षातर्फ गएको र त्यहाँ एक विद्यार्थीलाई गोली हानेको देखिएको थियो । मेयर ओलासोले सुरुमा बन्दुकधारीलाई कक्षा ७ का विद्यार्थीका रूपमा पहिचान गरेका थिए ।

विद्यालयले छुट्टै विज्ञप्तिमार्फत दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्यालयले अभिभावकसँग समन्वय गरी उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा जिम्मा लगाउने व्यवस्था गरिएको र परिसरमा रहेका अन्य विद्यार्थी तथा कर्मचारीको सुरक्षा सुनिश्चित गरिएको जनाएको छ । फिलिपिन्समा विद्यालयमा गोली चलाउने घटना तुलनात्मक रूपमा दुर्लभ मानिन्छ । 

तर गत जुनमा मध्य फिलिपिन्समा भएको गोलीकाण्डमा तीन किशोर विद्यार्थीको मृत्यु भएको थियो भने अन्य २० जना घाइते भएका थिए ।

एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालय पनि गत महिना विद्यालयमा हुने सम्भावित गोलीकाण्डबाट जोगिन सक्रिय बन्दुकधारीसम्बन्धी अभ्यास सञ्चालन गर्ने देशभरका विद्यालयमध्ये एक बनेको थियो । 

त्यस्तो अभ्यास गरिएको केही समयमै विद्यालय परिसरमा वास्तविक गोलीकाण्ड भएपछि सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठेको छ ।

फिलिपिन्समा कानूनी रूपमा बन्दुक राख्न कडा नियम लागू छ । यद्यपि देशमा बन्दुकको ठूलो अवैध बजार रहेको बताइन्छ, जसका कारण गैरकानूनी रूपमा बन्दुकको पहुँच रोक्नु सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ । रासस

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १ : २३ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)