सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ « Khabarhub

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र संसद् जनताप्रति जबाफदेही हुनुपर्ने बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनसरोकारका सवालमा सरकार असफल भएको भन्दै प्रधानमन्त्रीले संसद्मा आएर जनताका प्रश्नहरूको दफावार जवाफ दिनुपर्ने समेत बताए । 

उनले विकास निर्माणमा बाधक बनेका झन्झटिला कानुनी अड्चनहरू हटाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी सरल कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । 

सुनसरी–१ लगायत देशभरका विकास योजनाहरूको ठेक्का प्रक्रिया कार्यविधिको बहाना नबनाई तत्काल अगाडि बढाउनुपर्ने उनले बताए ।

उनले सुनसरीको रामधुनी–७ स्थित ६४ बिघा बस्ती भू–माफियाले आफ्नो नाममा पारेको भन्दै पीडित बस्तीबासीलाई न्याय दिन माग गरे । 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १ : ४० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५