मनसुनका कारण विभिन्न सडक प्रभावित « Khabarhub

मनसुनका कारण विभिन्न सडक प्रभावित


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरो, लेदो तथा सडक भासिएका कारण देशका विभिन्न स्थानका सडकखण्ड प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका १२ सडकखण्डमा आवागमन प्रभावित भएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी (बिपी राजमार्ग) मा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधनको आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सवारीसाधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।

“त्यसैगरी मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधनको आवागमन रोक लगाइएको छ ।” विज्ञप्तिमा भनिएको छ, “नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।”

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरोबाट ढुङ्गा, माटोसहितको लेदो खसेर सडक अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ । सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

“रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको छ ।”, विज्ञप्तिमा भनिएको छ, “सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडास्थित कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा करिब १० मिटर सडक भासिएपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।”

प्रहरीका अनुसार लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारस्थित बेँसीसहर–मनाङ सडकखण्डमा अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित समर खोला र घ्याकर खोलामा लेदोसहितको बाढी आएपछि जोमसोम–कोरला सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित भालुखोलामा सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–२ साइलीमाइली मोडस्थित सहिद मार्गमा राति परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । मनसुन सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुँदा पहिरो, बाढी, डुबान तथा सडक अवरोधको जोखिम बढेको भन्दै प्रहरीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, सडकको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ३ : २८ बजे

‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको

सत्तारुढ सांसद पारसमणिको आक्रोश : काम गर्न नसक्ने मन्त्रीहरूले मार्ग प्रशस्त गर !

काठमाडौं- पारसमणि गोलाल संसदीय निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट

वन अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही हुने

महोत्तरी– वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही गरिने भएको

सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित

काठमाडौं– सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै