वन अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही हुने « Khabarhub

वन अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही हुने


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– वनक्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारबाही गरिने भएको छ । 

डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटका रुख काट्ने र रुखको फेदमा विषादी प्रयोग गरी रुख मार्ने विरुद्ध कडा कारबाही गर्न लागिएको हो । 

वरिष्ठ वन अधिकृत अजय मिश्रले १९५ वटा टिक  जातका रुख र उक्त रुखको जरामा विषादी प्रयोग गरेको अनुसन्धानबाट बुझिन आएकाले वन माफिया खोज्न अनुसन्धान भइरहेको जानकारी दिए । 

अनुसन्धानबाट वन फडानी गर्न परिचालन भएको  पहिचान नजिक पुगेका रेञ्जपोष्टका प्रमुख प्रेम उपाध्यायले जानकारी दिए । 

‘हामीले घटनाको सुक्ष्म अनुसन्धान गरेका छौँ, वनका बिरुवा काट्ने र फेदमा विषादी हालेर जरासमेत  डढाउनेहरुबारे जानकारी भएको छ’, उपाध्याय भन्, ‘हामी प्रतिवेदन लेखन टुङ्ग्याउँदैछौँ, यो प्रतिवेदन डिभिजन वन कार्यालय पुग्नासाथ कारबाही सुरु हुन्छ ।’ 

परियोजनाको बर्दिवास रेञ्जपोष्टको प्रतिवेदनका आधारमा मुद्दा डिभिजन वन कार्यालयले चलाउने उपाध्यायले स्पष्ट पारे । 

बर्दिवास नगर कार्यपालिकाको कार्यालयले पर्ति जग्गा भोगचलन गर्दै आएकाहरुलाई सेतो निस्सा दिने घोषणा गरेबीच वन उजाडेर आफ्नो भोग देखाउन यस प्रकारको अपराध गरेको हुनसक्ने आशङ्का यहाँका स्थानीयले गरेका छन् ।  
 
घटनामा सामेल हुनेलाई अनुसन्धान गरी कडा कारबाही हुने बर्दिवास–२ का वडाध्यक्ष श्यामराजा सिंह बताउछन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ६ : ५४ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप