साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ? « Khabarhub

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई ‘ठूलो, साहसिक र महत्त्वपूर्ण पहिलो कदम’का रूपमा व्याख्या गरेका छन् ।

उनले यसले मध्यपूर्वका देशहरू आफ्नो सुरक्षाका लागि थप एकजुट हुँदै गएको संकेत गरेको बताएका छन् । ट्रम्पले सम्झौताका लागि साउदी, टर्की र पाकिस्तानका नेतृत्वलाई बधाई दिएका छन् ।

साउदी अरब, टर्की र पाकिस्तानले अगस्ट ७ मा मक्कामा हस्ताक्षर गरेको ‘मक्का संयुक्त रक्षा सम्झौता’ले पश्चिम एसिया र दक्षिण एसियाको बदलिँदो सुरक्षा समीकरणलाई नयाँ आयाम दिएको बताइएको छ । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ ।

यद्यपि, सम्झौतामा संलग्न पक्षहरूले यसलाई कुनै निश्चित देश वा शक्तिविरुद्ध लक्षित गठबन्धनका रूपमा प्रस्तुत गरेका छैनन् । पाकिस्तानी विदेशमन्त्री इशाक दारले सम्झौता पूर्ण रूपमा रक्षात्मक भएको र कुनै विशेष देशलाई लक्षित नगरेको बताएका छन् । टर्कीका अधिकारीहरूले पनि सम्झौता अन्य क्षेत्रीय देशका लागि खुला रहेको बताएका छन् । यसको उद्देश्य तीन देशबीच सामूहिक सुरक्षा, रक्षा सहकार्य र सम्भावित आक्रमणविरुद्ध सामूहिक प्रतिरोध क्षमता बलियो बनाउनु रहेको बताइएको छ ।

भारत किन सतर्क छ ?
नयाँ रक्षा समीकरणले भारतको सुरक्षा चासो पनि बढाएको छ । विशेषगरी पाकिस्तान यस सम्झौताको एउटा प्रमुख पक्ष भएकाले नयाँ दिल्लीले पश्चिम एसियामा पाकिस्तानको सैन्य तथा रणनीतिक पहुँच विस्तार हुने सम्भावनालाई नजिकबाट नियालिरहेको छ ।

भारत र साउदी अरबबीच पछिल्ला वर्षहरूमा ऊर्जा, लगानी, व्यापार र सुरक्षा क्षेत्रमा सम्बन्ध विस्तार हुँदै आएको छ । त्यसैले भारतका लागि साउदी अरब पाकिस्तानसँग नजिकिँदै जानु संवेदनशील विषय बन्न सक्नेछ ।

भारतले यसअघि साउदी–पाकिस्तान रक्षा सम्झौताप्रति प्रतिक्रिया दिँदै आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय तथा विश्वव्यापी स्थिरतामा पर्ने प्रभाव अध्ययन गर्ने बताएको थियो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारतले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने बताएका थिए ।

भारतले साउदी अरबसँगको आफ्नो रणनीतिक साझेदारीलाई पनि विशेष महत्व दिएको छ । भारतको अपेक्षा साउदी अरबले भारतसँगको सम्बन्धमा ‘आपसी हित र संवेदनशीलता’ लाई ध्यानमा राखोस् भन्नेछ ।

टर्की–पाकिस्तान सैन्य सम्बन्ध पनि भारतका लागि चिन्ताको विषय
मक्का सम्झौतामा टर्की पनि जोडिएपछि भारतको सुरक्षा चासो थप जटिल बन्न सक्छ । टर्की र पाकिस्तानबीच लामो समयदेखि रक्षा सहकार्य हुँदै आएको छ ।

टर्कीले पाकिस्तानलाई सैन्य प्रविधि तथा ड्रोन उपलब्ध गराउँदै आएको छ । दुई देशले नौसैनिक तथा अन्य सैन्य क्षेत्रमा पनि सहकार्य गर्दै आएका छन् । साउदी अरबसँग पनि टर्कीले रक्षा क्षेत्रमा सहकार्य विस्तार गरेको छ ।

यसले पाकिस्तान–साउदी–टर्कीबीचको रक्षा सहकार्य भविष्यमा थप संस्थागत हुँदै गएमा पश्चिम एसिया र दक्षिण एसियाको सुरक्षा समीकरणमा यसको प्रभाव पर्न सक्ने विश्लेषण छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ९ : १३ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई