भारत–भुटान ऊर्जा सहकार्य विस्तार « Khabarhub

भारत–भुटान ऊर्जा सहकार्य विस्तार


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्म भएको भुटान भ्रमणका क्रममा दुवै देशबीच द्विपक्षीय सहयोगका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा दुवै पक्षले भारत–भुटान ऊर्जा साझेदारीमा भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै एक हजार २० मेगावाट क्षमताको पुनात्साङछु–२ जलविद्युत् आयोजना उद्‌घाटन र एक हजार २०० मेगावाटको पुनात्साङछु–१ जलविद्युत् आयोजनाको बाँध निर्माण पुनः सुरु हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

भुटानका विभिन्न जलविद्युत् आयोजनामा भारतीय कम्पनीको सक्रिय सहभागिताको पनि दुवै पक्षले स्वागत गरेका छन् ।

जयशङ्करको भ्रमणका क्रममा मोङ्गरमा ६५ शय्याको मातृ तथा बाल अस्पताल, सामद्रुप जोङ्खर–त्राशिगाङ राजमार्गको जगन्नाथन पुल र ५०० किलोवाट क्षमताको लुनाना जलविद्युत् आयोजनालगायत विकास परियोजनाको उद्‌घाटन गरिएको थियो ।

जयशङ्करले भुटानको विकास लक्ष्य र प्राथमिकतामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो ।

भेटवार्तामा गेलेफु माइन्डफुलनेस सिटी, व्यापार तथा पारवहन, सीमापार सम्पर्क, डिजिटल भुक्तानी र अन्तरिक्ष सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

भारतले गेलेफुमा आवागमन सहज बनाउन असमको हातिसरमा अध्यागमन जाँच चौकी स्थापना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । साथै, गेलेफु–कोक्राझार र समत्से–बनारहाट सीमापार रेलमार्ग निर्माणमा भएको प्रगतिको स्वागत गरिएको छ ।

भुटानी नागरिकले भारतमा युपीआईमार्फत डिजिटल भुक्तानी गर्न सक्ने सुविधाको पनि दुवै पक्षले स्वागत गरेका छन् ।

शिक्षातर्फ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को छात्रवृत्तिअन्तर्गत भुटानी विद्यार्थीका लागि उपलब्ध छात्रवृत्ति सङ्ख्या ३० बाट ६० तथा नालन्दा विश्वविद्यालय छात्रवृत्तिको सिट ३० बाट ५५ पुर्‍याउने निर्णय गरिएको छ ।

भ्रमणका क्रममा जयशङ्करले भुटानका विदेश मामिला तथा विदेश व्यापारमन्त्री डीएन धुङ्ग्याललाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११