अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध « Khabarhub

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय यात्रु प्रभावित भएका छन् ।

प्राविधिक समस्याका कारण सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलमा आगमन तथा प्रस्थान गर्ने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको विद्युतीय अध्यागमन प्रक्रिया प्रभावित भएको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रणाली अवरुद्ध भएपछि तीनवटै विमानस्थलका अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरूको लामो लाइन लागेको थियो । विद्युतीय प्रणालीबाट हुने प्रक्रिया प्रभावित भएपछि यात्रुहरूलाई भौतिक रूपमा जाँच तथा प्रशोधन गर्न थप अधिकारी परिचालन गरिएको अस्ट्रेलियाली सीमा बलले जनाएको छ ।

सीमा बलका प्रवक्ताले न्यूज कर्प अस्ट्रेलियाका अखबारहरूलाई प्रणालीमा आएको समस्याबारे जानकारी रहेको बताउँदै त्यसलाई समाधान गर्न प्रयास भइरहेको जानकारी दिएका छन् ।

अधिकारीहरूले समस्या समाधान नभएसम्म यात्रुहरूलाई धैर्य गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ३० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली