अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध « Khabarhub

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय यात्रु प्रभावित भएका छन् ।

प्राविधिक समस्याका कारण सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलमा आगमन तथा प्रस्थान गर्ने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको विद्युतीय अध्यागमन प्रक्रिया प्रभावित भएको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रणाली अवरुद्ध भएपछि तीनवटै विमानस्थलका अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरूको लामो लाइन लागेको थियो । विद्युतीय प्रणालीबाट हुने प्रक्रिया प्रभावित भएपछि यात्रुहरूलाई भौतिक रूपमा जाँच तथा प्रशोधन गर्न थप अधिकारी परिचालन गरिएको अस्ट्रेलियाली सीमा बलले जनाएको छ ।

सीमा बलका प्रवक्ताले न्यूज कर्प अस्ट्रेलियाका अखबारहरूलाई प्रणालीमा आएको समस्याबारे जानकारी रहेको बताउँदै त्यसलाई समाधान गर्न प्रयास भइरहेको जानकारी दिएका छन् ।

अधिकारीहरूले समस्या समाधान नभएसम्म यात्रुहरूलाई धैर्य गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ३० बजे

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस