इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन « Khabarhub

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि अमेरिकामा रहेका इरानी मूलका समुदायमा युद्ध र इरानी शासन परिवर्तनको विषयलाई लिएर गहिरो विभाजन देखिएको छ ।

इरानी शासनको विरोधमा रहे पनि सैन्य हस्तक्षेपबाट शासन परिवर्तन सम्भव छ कि छैन भन्ने विषयमा समुदाय विभाजित भएको हो । युद्धको विरोध गर्ने केही इरानी–अमेरिकीले आफूलाई शासन समर्थकको आरोप लाग्ने गरेको बताएका छन् भने युद्ध समर्थकहरूले शासन परिवर्तनका लागि सैन्य कारबाही आवश्यक रहेको बताएका छन् ।

क्यालिफोर्निया स्टेट युनिभर्सिटी, साक्रामेन्टोस्थित इरानी तथा मध्यपूर्वी अध्ययन केन्द्रकी निर्देशक साहर रजावीका अनुसार युद्धले इरानी प्रवासी समुदायमा पहिलेदेखि रहेको राजनीतिक तनाव थप बढाएको छ । उनका अनुसार युद्धका कारण परिवार र लामो समयदेखिका मित्रतासमेत प्रभावित भएका छन् ।

युद्ध सुरु हुँदा इरानी प्रवासी समुदायमा युद्धको समर्थन र विरोध लगभग बराबर रहेको भए पनि एक महिनापछि गरिएको सर्वेक्षणमा ६६.१ प्रतिशतले युद्धको विरोध र ३२.७ प्रतिशतले समर्थन गरेको पाइएको थियो ।

निर्वासित इरानी नेता रेजा पहलवीका समर्थकहरू भने सैन्य हस्तक्षेपमार्फत इरानी शासन अन्त्य गर्नुपर्ने पक्षमा छन् । उनीहरूले इरानमा शासन परिवर्तनका लागि अन्य विकल्प प्रभावकारी नभएको तर्क गरेका छन् ।

यसबीच युद्धको विरोध गर्नेहरू भने सैन्य कारबाहीले इरानमा सर्वसाधारणको ज्यान, रोजगारी, सम्पत्ति र बचतमा थप क्षति पुग्ने भन्दै राजनीतिक परिवर्तन स्वदेशभित्रैबाट हुनुपर्ने बताउँदै आएका छन् ।

युद्ध र शासन परिवर्तनबारेको मतभेदले अमेरिकास्थित इरानी समुदायमा सामाजिक तथा पारिवारिक सम्बन्धसमेत तनावपूर्ण बनेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : ५१ बजे

काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि