फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु « Khabarhub

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिणी फिलिपिन्सको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् ।

मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तस्थित बङ्ग नेशनल हाई स्कुलमा गोली चलेको जानकारी पाएपछि स्थानीय उद्धारकर्मी घटनास्थल पुगेका थिए । व्यवस्थापन निकायका कर्मचारी रिजाली डेडेललका अनुसार घटनास्थलमा एक पुरुष र एक महिलाको मृत्यु भएको थियो । दुवै जना कक्षा ९ का विद्यार्थी रहेको एएफपीले जनाएको छ ।

दक्षिण कोटाबातो प्रान्तका गभर्नर रेनाल्डो तामायोले गोली चलाउने विद्यार्थी मृतकहरूको सहपाठी तथा सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत रहेको बताएका छन् । उनका अनुसार गोली लागेर घाइते भएका कम्तीमा तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तामायोका अनुसार बन्दुकधारीले हाते बन्दुक प्रयोग गरी एक्लैले आक्रमण गरेको प्रारम्भिक विवरण छ । बङ्गाका मेयर अल्बर्ट पालेन्सियाले रेडियो अन्तर्वार्तामा घटनाका सन्दिग्धले घरबाट बन्दुक ल्याएको बताएका छन् । उनका अनुसार सन्दिग्धले लन्चपछि दुई जना सहपाठीलाई आफूले आक्रमण गर्ने योजनाबारे चेतावनीसमेत दिएका थिए ।

प्रहरीले हालसम्म बन्दुकधारीको उमेर पुष्टि गर्न सकेको छैन ।

फेसबुकमा सार्वजनिक गरिएको तथा एएफपीले प्राप्त गरेको भिडियोमा एक व्यक्तिले विद्यालयबाट घाइते बालकजस्तो देखिने व्यक्तिलाई बोकेर बाहिर निकालिरहेको देखिन्छ ।

मिन्डानाओकै अर्को विद्यालयमा एक विद्यार्थीले गत महिना आफ्ना सहपाठीलाई गोली हानेपछि आत्महत्या गरेको घटना भएको थियो । उक्त घटनाको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।

विद्यालयको सुरक्षा सुदृढ गर्ने उद्देश्यले फिलिपिन्समा यसै महिना प्रत्यक्ष गोली चलाउने अभ्याससमेत गरिएको थियो । मेयर पालेन्सियाका अनुसार शुक्रबारको घटनाका सन्दिग्धका अभिभावक उक्त अभ्यासमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ५ : ३७ बजे

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक

रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु, रूद्रसिंह सचिवमा बढुवा

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा दुई