मूर्ति विसर्जन गर्न कोसी कटानमा भिड (तस्बिरहरू) « Khabarhub

मूर्ति विसर्जन गर्न कोसी कटानमा भिड (तस्बिरहरू)


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिजो विश्वकर्मा पूजा गरेको माटाको मूर्ति विसर्जन गर्न आज सुनसरीको कोसी गाउँपालिका–३ स्थित कोसी कटानमा भिड लागेको छ ।

हिजो पूजा गरिएको माटाको मूर्ति आज विभिन्न जलाशय तथा नदीमा बगाउने गरिन्छ । सुनसरीको इटहरी, इनरुवा, दुहवी, गढी, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंहलगायत क्षेत्रका भक्तजनहरू कोसी कटान तथा सप्तकोसी नदीमा मूर्ति विसर्जन गर्न आउने गर्दछन् ।
यस वर्ष सप्तकोसी नदीमा बहावसँगै जोखिम बढेकाले मूर्ति विसर्जन गर्न कडाइ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कोसीमा पानी बढेको समयमा जोखिमसमेत बढ्ने भएकाले भक्तजनहरूलाई ब्यारेज क्षेत्रमा ‘टाइट’ गरी कोसी कटान तिरै मूर्ति विसर्जन गर्न पठाइएको हो ।

सप्तकोसी ब्यारेज पारि सप्तरी क्षेत्रमा पनि मूर्ति विसर्जन गर्न कडाइ गर्दा कोसी कटानमा विसर्जन गर्न आउने भक्तजनको भिड बढेको स्थानीय बताउँछन् । आज बिहानैदेखि मूर्ति विसर्जन गर्न आउनेहरूको ताँती भएकाले दिनभरिमा एक हजार हाराहारी मूर्ति कटान क्षेत्रमा विसर्जन भएको स्थानीयको दाबी छ । 

तस्बिरहरू- नवीन गड्तौला, सुनसरी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ६ : ४१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा