नेपाललाई चीनले दियो सुरुङ उद्धार उपकरण, विपद् व्यवस्थापनमा सहकार्य बढाउने बचन « Khabarhub

नेपाललाई चीनले दियो सुरुङ उद्धार उपकरण, विपद् व्यवस्थापनमा सहकार्य बढाउने बचन


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपाललाई शुक्रबार थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ।

त्यसक्रममा नेपाल र चीनले विपद् रोकथाम तथा न्यूनीकरण, उद्धार र विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनियाँ सुरुङ उद्धार विशेषज्ञसँग शुक्रबार भेटवार्ताका क्रममा उपकरण पनि हस्तान्तरण गरिएको हो ।

भेटमा मन्त्री पुनले भदौ १० गतेको विनाशकारी भोटेकोशी पहिरो तथा बाढीका बेला नेपाललाई उद्धार तथा विपद् प्रतिकार्यमा सहयोग उपलब्ध गराएकोमा चीन सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे।

नेपालमा कार्यरत चिनियाँ सुरुङ उद्धार विशेषज्ञको योगदानको प्रशंसा गर्दै उनले विपद् रोकथाम तथा न्यूनीकरण र विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा चीनसँगको सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।

चिनियाँ राजदूत चाङले चिनियाँ सुरुङ उद्धार विशेषज्ञलाई सहयोग र समन्वय गरेकोमा नेपाली सम्बन्धित निकायलाई धन्यवाद दिए।

उनले विपद्का कारण उत्पन्न कठिनाइ पार गर्न चीन नेपालसँगै रहने बताउँदै पहिरो तथा बाढीको विपद् प्रतिकार्य र पुनर्निर्माणका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा राजदूत चाङ र मन्त्री पुनले चीनले नेपाललाई उपलब्ध गराएको सुरुङ उद्धार उपकरण हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर पनि गरे।

नेपाल सरकारको अनुरोधमा चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले गत भदौमा नौजना चिनियाँ सुरुङ उद्धार विशेषज्ञलाई नेपाल पठाएको थियो। उनीहरूलाई सुरुङ उद्धारसम्बन्धी प्राविधिक सहयोग र विशेषज्ञता उपलब्ध गराउन खटाइएको हो।

चीनबाट प्राप्त उद्धार उपकरण तथा विशेषज्ञ टोलीको सहयोगले नेपालमा सुरुङ उद्धारसम्बन्धी क्षमता अभिवृद्धि हुनुका साथै भविष्यमा सम्भावित विपद्का बेला प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा छ।

दुई पक्षको भेटवार्ताबाट नेपाल–चीनबीच विपद् व्यवस्थापन, उद्धार तथा पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिँदै थप सुदृढ गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ६ : ५६ बजे

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै