अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने « Khabarhub

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै कर तथा राजस्वसम्बन्धी सेवा प्रवाह गर्ने गरी सम्झौता भएको छ।

स्थानीय तहमा रहेका सेवाग्राहीलाई करसम्बन्धी सेवा लिन सदरमुकाम वा अन्यत्र जानुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँपालिका र आन्तरिक राजस्व कार्यालयबीच सम्झौता गरिएको हो।

सम्झौताअनुसार वैतेश्वर गाउँपालिकाबाट स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र प्रदान, अन्तःशुल्क प्रमाणपत्रसम्बन्धी सेवा, कर चुक्ता प्रमाणपत्रलगायत आन्तरिक राजस्वसँग सम्बन्धित विभिन्न सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

स्थानीय तहको राजस्व संकलन, लेखाङ्कन तथा प्रतिवेदनलाई सूचना प्रविधिमा आधारित प्रणालीमार्फत व्यवस्थित गर्ने र कर प्रशासनलाई सहज, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकारले जारी गरेको स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ को कार्यान्वयनसँगै यस्तो व्यवस्था अघि बढाइएको हो।

सम्झौतापछि वैतेश्वर गाउँपालिकाका नागरिक तथा व्यवसायीले प्यान लिन, करसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न तथा कर चुक्तासहितका सेवाका लागि आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स्थानीय राजस्व प्रशासन थप व्यवस्थित हुने जनाएको छ । 

शुक्रबार वैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती ,प्रमुख प्रशासकीय अधिकृत लोचन खनालले आन्तरिक राजस्व कार्यालय धुलिखेलसँग सेवा विस्तारको लागि सम्झौता पत्रमा हस्ताक्षरगर्दै कर सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ७ : ०२ बजे

वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुबै पक्षका आ-आफ्नै अडान

काठमाडौं- गत वर्ष जेन-जी आन्दोलन भएदेखि नेपाली कांग्रेस बिरामी परेको

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को