रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा « Khabarhub

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् । 

रुसबाट इन्धन आयात गर्ने भारतलगायतका देशबाट अमेरिकामा आयात हुने वस्तुमा सम्भावित थप शुल्कबारे निर्णय गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ६० दिनको समय लिएका बेला हुन लागेको यस भ्रमणमा ऊर्जा, व्यापार, लगानी र रणनीतिक साझेदारी प्रमुख विषय रहनेछन् ।

रुबियोले भारतलाई अमेरिकाको महत्त्वपूर्ण सहयोगी बताउँदै तत्कालै रुसी इन्धनमाथिको निर्भरता अन्त्य गर्न भारतलाई कठिन हुने उल्लेख गरे। रुसी तेल वा ग्यासका ठूला आयातकर्ताबाट अमेरिकामा आयात हुने वस्तुमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउन सक्ने प्रस्तावित कानूनको प्रभाव अध्ययन गर्न राष्ट्रपति ट्रम्पले ६० दिनको समय लिएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अक्टोबर २० मा भारत पुग्ने रुबियोले वरिष्ठ सरकारी अधिकारी तथा व्यापारिक नेताहरूसँग भेट गरी ऊर्जा सहकार्य, व्यापार, लगानी, रक्षा र उदीयमान प्रविधिबारे छलफल गर्नेछन्। उनले अमेरिका–भारत रणनीतिक साझेदारी सुदृढ बनाउने तथा क्षेत्रीय र विश्वव्यापी घटनाक्रमबारे विचार आदानप्रदान गर्ने कार्यक्रम छ ।

भारत जानुअघि रुबियोले उज्बेकिस्तानमा हुने ‘सी५ं१’ मन्त्रिस्तरीय बैठकमा भाग लिनेछन् । बैठकमा अमेरिका र मध्य एसियाली देशबीच रणनीतिक सहकार्य, क्षेत्रीय स्थिरता र समृद्धिका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १० : ४१ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर