इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित « Khabarhub

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा बन्द गरिएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार प्राविधिक समस्या र आवश्यक सुरक्षा सावधानीका कारण सीमा आवागमन अस्थायी रूपमा रोकिएको जानकारी दिएका हुन्। इरानी समाचार संस्था इरनाका अनुसार दुवै देशका अधिकारीहरू सीमा नाकालाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन छलफलमा जुटेका छन्।

यसैबीच, पाकिस्तानले शुक्रबारदेखि गब्द–रिमदान र तफ्तानका आधिकारिक सीमा नाकाबाट हुने व्यापार रोकेको छ। पाकिस्तानी समाचारपत्र डनका अनुसार वाणिज्य मन्त्रालयले अक्टोबर ३ मा जारी गरेको पुरानो आदेश खारेज गर्दै नयाँ आधिकारिक सूचना जारी गरेपछि व्यापार रोकिएको हो।

बलुचिस्तानका मुख्यमन्त्रीका सञ्चार तथा राजनीतिक मामिलासम्बन्धी सल्लाहकार शाहिद रिन्डले सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा व्यवस्था सुदृढ बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा प्रशासनलाई व्यवस्थित गर्नु रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट खबरमा विश्वास नगर्न आग्रह गर्दै सीमा बन्द गर्ने निर्णय सुरक्षा अवस्था र प्रशासनिक समस्या सुधार गर्ने उद्देश्यले गरिएको बताएका छन्।

रिन्डका अनुसार दुवै देशका उच्च अधिकारीहरू प्रशासनिक समस्या समाधान गर्न वार्तामा छन्। सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने र अवैध तस्करी नियन्त्रण गर्ने उद्देश्यले समन्वित प्रणाली स्थापना गर्ने कामसमेत भइरहेको उनले जानकारी दिएका छन्।

उनले जारी छलफल र प्रगतिका आधारमा पाकिस्तान–इरान सीमा नाका चाँडै पुनः सञ्चालनमा आउन सक्ने आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  २ : २४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर