आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता « Khabarhub

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ । 

गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट््याक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार उक्त अवधिमा चार हजार ९१८ मिटर सडक ढलान, एक हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण भएको छ । यसैगरी तीन हजार ५५४ मिटर नयाँ सडकको ट्रयाक खोलिएको छ ।

खानेपानीतर्फ आठ हजार ५०० मिटर नयाँ पाइपलाइन विस्तार गर्नुका साथै चारवटा सार्वजनिक धारा निर्माण गरिएको शर्माले जानकारी दिए। गाउँपालिकाले एक हजार ६०० मिटर सडक मर्मत तथा सम्भार गरेको छ ।

सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । यस अवधिमा दुईवटा नयाँ भवन निर्माण र सातवटा भवन मर्मत गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।

पाँच ठूला आयोजना प्राथमिकतामा

गाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँचवटा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको छ । लाब्दी बुद्धसिंह राजमार्ग जोड्ने सडक आयोजनाअन्तर्गत एक हजार ८०८ मिटर सडक निर्माण गरिएको छ । खानीखोला– रिङरोड आयोजना अन्तर्गत एक हजार ३३६ मिटर सडक पनि बनेको छ।

यसैगरी लाब्दी–छिम्केश्वरी सडक स्तरोन्नति आयोजनाअन्तर्गत १५८ मिटर, कुसुमबारी–पौवा खोलागाउँ सडक ढलान आयोजनाको ५६० मिटर र भुजेलगाउँ पूर्वाधार निर्माण योजनाको ४१४ मिटर सडक निर्माण भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  २ : ५७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको