बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह « Khabarhub

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ ।

बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो ।

गाउँपालिकाले बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्यले सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गरेको हो । निवेदनमा बेपत्ता व्यक्तिको नामथर, ठेगाना, उमेरसँगै बाढीमा परेका अन्य व्यक्तिको विवरण, नाता प्रमाणित हुने कागजात तथा बाढीमा बेपत्ता भएको व्यहोरा खुल्ने स्वघोषणा समावेश गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायले जानकारी दिए ।

गाउँपालिकाका अनुसार बेपत्ता व्यक्तिका एकाघर परिवारका सदस्य नभएको अवस्थामा सम्बन्धित वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा व्यक्ति बाढीमा बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १० : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको