एनपीएल : काठमाण्डु र चितवन आज इलिमिनेटरमा भिड्दै « Khabarhub

एनपीएल : काठमाण्डु र चितवन आज इलिमिनेटरमा भिड्दै


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ ।

लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमान्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

इलिमिनेटर विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि फाइनल खेल्ने तालिका छ ।

लिग चरणका ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाण्डु तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । सुरुवाती खेलहरूमा लगातार तीन जित निकाल्दै उत्कृष्ट लयमा देखिएको काठमान्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।

अर्कोतर्फ, ७ खेलमध्ये ३ जित, ३ हार र १ खेलमा नतिजाविहीन हुँदै अंक बाँडेर ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनाउन सफल भएको हो । चितवन काठमान्डुलाई पराजित गर्दै उपाधि यात्रा जीवितै राख्ने दाउमा छ ।

आठ टोली सहभागी लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलेका थिए ।

पहिलो क्वालिफायरमा विजयी लुम्बिनी फाइनल पुगिसकेको छ । ६ अंक जोडेका विराटनगर किङ्स र कर्णाली याक्स तथा समान ४ अंकमा सीमित पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिसकेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ५ : ५० बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एनपीएल : काठमाण्डु र चितवन आज इलिमिनेटरमा भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज

आज २०८३ साल मङ्सिर २ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर २ गते बुधबार सन् २०२६

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप