पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही प्रदेशमा आंशिक बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।

महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार तराईका साथै काठमाडौँ उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ६ : ०६ बजे

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही प्रदेशमा

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एनपीएल : काठमाण्डु र चितवन आज इलिमिनेटरमा भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज

आज २०८३ साल मङ्सिर २ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर २ गते बुधबार सन् २०२६

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको