रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु « Khabarhub

रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ विमान सुनसान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

बीबीसी उर्दूका अनुसार मन्त्रालयले प्रारम्भिक अनुसन्धानमा विमान दुर्घटनाको सम्भावित कारण प्राविधिक खराबी रहेको जनाएको छ । घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

स्थानीय गभर्नर इल्या सेरेद्यूकले विमान यागुनोभो गाउँनजिक दुर्घटनाग्रस्त भएको जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनास्थलमा लागेको आगो उद्धार टोलीले तत्काल नियन्त्रणमा लिएको थियो । घटनापछि प्रहरीले दुर्घटनास्थल आसपासको क्षेत्र घेराबन्दी गरेको छ ।

विमान दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ७ : ०४ बजे

रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

मस्को – रूसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना

देशका विभिन्न भागबाट लागूऔषधसहित २१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या– नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन्

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

म्याग्दी– रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

दमौली – व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९