फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, राष्ट्रपति पौडेल सहभागी हुने « Khabarhub

फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, राष्ट्रपति पौडेल सहभागी हुने


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको ‘ब्रेक थ्रु’ गरिने भएको छ । सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका छन् ।

भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये ३.४४५ किलोमिटर लामो सुरुङ आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

यससँगै महादेवटारमा निर्माणाधीन दुवै सुरुङको मुख्य खण्ड ‘ब्रेक थ्रु’ गरिने छ। अर्को ३.४८६ किलोमिटर लामो सुरुङको गत भदौमै ब्रेक थ्रु गरिएको थियो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको फास्ट ट्र्याकअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन छन् । आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरी काम अघि बढाइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ८ : ३६ बजे

फास्ट ट्र्याकको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ आज, राष्ट्रपति पौडेल सहभागी हुने

मकवानपुर – राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत

गुल्मीमा प्रहरी निरीक्षक केसी क्वाटरभित्रै मृत भेटिए

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का

एमालेको राष्ट्रिय भेला आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

काभ्रेपलाञ्चोक– कात्तिक शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्धमा लाग्ने तीनदिने जात्रा