नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुँदै, विश्वका १०० चलचित्रकर्मी काठमाडौंमा जुट्ने « Khabarhub

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुँदै, विश्वका १०० चलचित्रकर्मी काठमाडौंमा जुट्ने


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र नेपाललाई विदेशी चलचित्र छायांकनको आकर्षक गन्तव्यका रूपमा चिनाउने लक्ष्यसहित काठमाडौंमा ‘नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजीएफएफ) २०२७’ आयोजना हुने भएको छ ।

पहिलो संस्करणको तयारीकै क्रममा विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी चलचित्र प्राप्त भएपछि आयोजक उत्साहित बनेका छन्।

नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १०) सम्म काठमाडौंमा महोत्सव सञ्चालन हुनेछ । ‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ नारासहित आयोजना हुने महोत्सवमा प्राप्त चलचित्रमध्ये करिब १०० उत्कृष्ट फिल्म छनोट गरी प्रदर्शन गरिनेछ ।

महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीसँगै हिमाल, वातावरण, मानवअधिकार, महिला तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्रलाई प्राथमिकता दिइनेछ । एनिमेसन, विद्यार्थी फिल्म र कृत्रिम बौद्धिकता (एआई) मा आधारित चलचित्रसमेत महोत्सवको आकर्षण बन्नेछन् ।

महोत्सवमा करिब १०० जना अन्तर्राष्ट्रिय चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी गराउने तयारी छ। हलिउड, बलिउड र चिनियाँ चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वलाई समेत अतिथिका रूपमा निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।

चलचित्र प्रदर्शनका अतिरिक्त कार्यशाला, अन्तरक्रिया, प्यानल छलफल, विशेष सम्मान र अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

निर्देशक गणेश पाण्डेका अनुसार पहिलो संस्करणमै ५०० भन्दा बढी चलचित्र प्राप्त हुनुले अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा महोत्सवप्रति चासो बढेको संकेत गरेको छ।

महोत्सवको उद्देश्य चलचित्र प्रदर्शनमा मात्र सीमित छैन । नेपाली चलचित्र र प्रतिभालाई विश्वमाझ चिनाउने, विदेशी निर्माता तथा निर्देशकलाई नेपालमा छायांकनका सम्भावना देखाउने र चलचित्र पर्यटन विस्तार गर्ने यसको मुख्य लक्ष्य छ । यसले अन्तर्राष्ट्रिय सहकार्य र विदेशी लगानीका लागि समेत नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : ४३ बजे

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुँदै, विश्वका १०० चलचित्रकर्मी काठमाडौंमा जुट्ने

काठमाडौं– नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र नेपाललाई विदेशी चलचित्र

कैदमुक्त टोपबहादुर रायमाझी राष्ट्रिय भेलामा सहभागी

काठमाडौं– ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त भएका नेकपा एमालेका नेता

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

मनिला– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग

अमिताभ बच्चन र छोरा अभिषेकलाई ज्यान मार्ने धम्की, बुलेटप्रुफ सुरक्षामाथि नै चुनौती

काठमाडौं– बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक