भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग राजदूतको भेट « Khabarhub

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग राजदूतको भेट


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालका लागि राजदूत दलेलालाई शुभकामना दिए  ।

उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए  । 

राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे  । 

उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेण्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए  ।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जानकारी दिइएको छ ।
 

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  १ : ५१ बजे

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

रसुवा– गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण

भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौँं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर

नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुँदै, विश्वका १०० चलचित्रकर्मी काठमाडौंमा जुट्ने

काठमाडौं– नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र नेपाललाई विदेशी चलचित्र

कैदमुक्त टोपबहादुर रायमाझी राष्ट्रिय भेलामा सहभागी

काठमाडौं– ज्येष्ठ नागरिक सुविधाअन्तर्गत हालै कैदमुक्त भएका नेकपा एमालेका नेता

फिलिपिन्ससँग सहकार्य बढाउन ट्रम्पको जोड

मनिला– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा