काठमाडौं– ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथीभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
समितिले बुधबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी केबलकार आयोजना तत्काल खारेज गर्न माग गरेको हो ।
समितिले आन्दोलनका क्रममा भएका भनिएका दमन तथा मानवअधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गर्न, आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज गर्न तथा घाइतेको उपचार र जीविकोपार्जनको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
मुन्धुमी आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको मुक्कुमलुङमा स्थानीय समुदायको स्वतन्त्र सहमतिबिना कुनै पनि आयोजना अघि बढाउन नहुने समितिको भनाइ छ।
आफ्ना माग सम्बोधन नभए निरन्तर सङ्घर्ष गर्ने चेतावनीसमेत समितिले दिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया