काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि झिकाउन आदेश दिएको छ । अदालतको लिखित आदेश सार्वजनिक हुन बाँकी छ ।
आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । एकल इजलासले ‘कार्कीलाई किन प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्ने हो ?’ भनी लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
अदालतका अनुसार सबै विपक्षीहरूको लिखित जवाफ पेस भएपछि मुद्दाको नियमित सुनुवाइको पेसी तोकिनेछ ।














प्रतिक्रिया