विशेष अदालतमा आरोपपत्र दायर « Khabarhub

विशेष अदालतमा आरोपपत्र दायर


२ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको ठोरी गाउँपलिकास्थित जलस्रोतको पुनर्भरण/भण्डारण कार्यको निर्माण तथा मर्मत सम्भार कार्यको भुक्तानी दिएबापत रु तीन लाख ४५ हजार घुस लिएको भन्दै आरोपपत्र दायर गरेको हो । 

आयोगका अनुसार उक्त कार्यालयका अधिकृत छैटौँ प्राविधिकद्वय गजेन्द्रप्रसाद जयसवाल र बिकी यादवले पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोतको पुनर्भरण तथा भण्डारणसम्बन्धी योजनाको भुक्तानी र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु तीन लाख ४५ हजार घुस मागेको भन्दै आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानलेले आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारसम्बन्धी उक्त योजना सम्पन्न भएपछि भुक्तानी तथा धरौटी रकम फिर्ता दिने क्रममा दुवै कर्मचारीले आपसी मिलेमतोमा घुस रकम लिएको भन्दै आरोपपत्र दायर गरेको बताए । 

आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु तीन लाख ४५ हजार बिगो कायम गरी बिगोबमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ५ : ५० बजे

विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जमा कार्यरत दुई

डेढ वर्षभित्र १ हजार ६ सय नयाँ टावर बन्छन्, कोही सञ्चार पहुँचबाट वञ्चित हुँदैनन् : सञ्चारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका

त्रिविका १२ क्याम्पस मात्र विकेन्द्रीकरणमा जान बाँकी, नियम परिमार्जनसहित समेट्ने तयारी

काठमाडौँ – शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन

जब प्रेमबाट सुरु भएको कथा धोका र वियोगमा टुंगिन्छ !

काठमाडौं– अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीको प्रेम, विवाह

टी–२० क्रिकेटमा ५ सय खेल खेल्दै रवि बोपाराले रचे नयाँ इतिहास

काठमाडौँ – चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले टी–२० क्रिकेटमा