सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको सेन्जेनमा आयोजित एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका क्रममा पहिलोपटक एकैसाथ देखिएका छन्।
सार्वजनिक भएका तस्बिरहरूमा तीनै शक्तिराष्ट्रका प्रमुखहरूले हात मिलाइरहेको देखिएको छ । सम्मेलनमा सहभागी हुन बुधबार सेन्जेन पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिनियाँ समकक्षी सीले विमानस्थलमै अंकमाल गरी न्यानो स्वागत गरेका थिए। यसअघि सीले रुसी राष्ट्रपति पुटिनलाई आफ्नो ‘पुराना मित्र’ का रूपमा सम्बोधन गरेका थिए ।
विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको यी तीन शीर्ष नेताबीच बिहीबार ऐतिहासिक त्रिपक्षीय वार्ता हुने तय भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा कूटनीतिक विश्लेषकहरूले पश्चिमा प्रतिबन्धका बीच पुटिनको यो उपस्थिति र शिखर वार्तालाई नै रुसका लागि ठूलो ‘कूटनीतिक विजय’ का रूपमा व्याख्या गरेका छन् ।
फिलिपिन्समा आयोजित अर्को एक शिखर सम्मेलनमा सहभागी भएर ट्रम्प बुधबार नै चीन आइपुगेका हुन्।














प्रतिक्रिया