तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो « Khabarhub

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका छन् । नेकपा एमाले, नेकपा तथा उज्यालो नेपाल पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सार्वजनिक गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पनि उम्मेदवार टुङ्गो लागेको छ ।

नेकपा एमालेले क्षेत्र नं १ बाट भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नं –२ बाट केदार सिग्देललाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कँडेलले जानकारी दिए । यसैगरी, नेकपाबाट तनहुँ–१ मा विद्यानाथ ढकाल र क्षेत्र नं–२ मा सोमबहादुर थापा (एसबी. थापा) उम्मेदवार चयन भएका छन् ।

नयाँ राजनीतिक शक्तिका रूपमा देखिएको उज्यालो नेपाल पार्टीले पनि दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पार्टीले तनहुँ–१ बाट मन्जिल राना र तनहुँ–२ बाट मनराज गुरुङलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा उम्मेदवारको नाम सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : २४ बजे

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ