महँगो म्युजिक भिडियो खेल्यो कि दुलही ! « Khabarhub

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए– म फिल्म क्षेत्रका व्यक्तिको विवाहको निम्तो मान्न जाँन्न । कुन बेला डिभोर्स हुन्छ थाहा छैन, के जानु ?

राजारामको यस भनाइको अर्थ हो– फिल्म क्षेत्रका व्यक्तिहरूको डिभोर्स चाँडो हुन्छ ।

निम्तो मान्ने वा नमान्ने त्यो राजारामको व्यक्तिगत निर्णय हो । तर, उनले निम्तो नमान्न देखाएको कारण भने यथार्थ छ । एकजना नायिकाले त आफ्नो विवाह १२ दिनमात्रै टिकेको सार्वजनिक रुपमै स्वीकारेकी छन् ।

फिल्म क्षेत्रमा डिभोर्स गर्न महिला-पुरुषको संख्या उस्तै छ । यस सानो क्षेत्रमा दोस्रो घरबार गर्ने सेलेब्रिटीको सूची नै धेरै लामो छ ।

निर्माता छवि ओझाले त चार पटक डिभोर्स गरेका छन् । अहिले उनी एकल छन् । नायक भुवन केसी, नायिका अरुणिमा लम्साल र नायिका शिल्पा पोखरलेको त दोस्रो विवाह पनि टिकेन ।

दशकअघिसम्म विवाह बन्धनमा बाँधिएपछि नायिकाहरूले फिल्म पाउँदैनन् भन्ने भाष्य थियो । अहिले विवाहपश्चात् पनि नायिकाहरू उत्तिकै व्यस्त छन् । उनीहरूले काम पाउने र नपाउने कारक विवाह बन्न छाडेको छ ।

तर, सतहमा हेर्दा फिल्मबाट कम प्रस्ताव आउन थालेपछि कलाकारहरू विवाह बन्धनमा बाँधिएको भेटिन्छ । यही वर्षको लगन सुरक्षित गर्ने कलाकारहरूको करिअरमा पनि त्यो देखिन्छ ।

विवाह–डिभोर्सको कुरामा हाम्रो फिल्म क्षेत्र उदार छ । यसलाई सम्बन्धित मान्छेको व्यक्तिगत मामला मान्न थालेको छ ।

प्रेमको कुरा ? यो त झन् सामान्य हुने भइहाल्यो ।

प्रेमबारे पछिल्लो दुई नायिकाको एक संयोग छ । ती दुवै नायिका महँगो म्युजिक भिडियो खेल्न विदेश गए । अनि उनीहरूको प्रेम र विवाह तयारी त्यही महँगो म्युजिक भिडियोसँग जोडिन आयो ।

एकजना नायिका थाइल्यान्डमा गएर महँगो म्युजिक भिडियो खेलेको चर्चा एक वर्षअघि खुबै भयो । ४० लाख खर्च गरेर त्यो म्युजिक भिडियो खिचिएको दाबी गरियो ।

त्यही भिडियोका मोडलसँग उनले इन्गेजमेन्ट पनि गरिन् । ती घरबार बिग्रिएका मोडलकी श्रीमतिले सामाजिक सञ्जालमा भनिन्, ‘मेरो बच्चाको बुवाले ती नायिकासँग बेड सेयर गरेको थाहा पाएपछि घरबार भाँडियो ।’

हालसालै अर्की नायिकाकाले महँगो लगानीमा खिचिएको दाबी गरिएको म्युजिक भिडियोमा काम गरिन् । ८० लाख खर्च गरेर त्यो म्युजिक भिडियो गरिएको चर्चा उनीहरूबाटै भयो ।

त्यस भिडियोका मोडलले आफूलाई धनी व्यक्तिका रुपमा मिडियामा चिनाए । जीवनशैली ल्याबिस देखाउन उनले विभिन्न भ्रम छर्न भ्याए । अहिले ती मोडलनिटक नै उनको झूठ पर्दाफास गर्न लागि रहेका छन् । दर्शकले सित्तैमा रमिता हेर्न पाएका छन् ।

अब, ती मोडलसँगको सहकार्यले नायिकालाई संकट परेको छ । दर्शकहरूले ‘उनीहरू प्रेममा रहेको र मोडलको पैसामा नायिका लोभिएको’ आशयका अराजक कमेन्ट आउन थाले । यस्ता कमेन्ट एउटा होइन, सयौँ छन् ।

जसले फिल्म क्षेत्रमा संघर्ष गरिरहेकी ती नायिकाको छविमा असर पार्ने देखिन्छ ।

धनी सहकर्मीसँग स्क्रिन सेयर गरेकै भरमा सामाजिक सञ्जालमा उनको अस्मितामाथि प्रश्न उठ्दा ती नायिकाको पक्षमा कलाक्षेत्रकै साथमा उभिएका छैनन् ।

यस्तै प्रश्नबाट पन्छिने उद्देश्यले ती नायिकाले आफ्नो वास्तविक प्रेमी सार्वजनिक गरेकी छन् । निटक व्यक्तिहरूका अनुसार सामाजिक सञ्जालमा आफूलाई ती मोडलसँग नकारात्मक टिप्पणीलाई डाइभर्ट गर्न प्रेमी सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो वर्षौंदेखिको प्रेम सार्वजनिक गरेकी हुन् । ती नायिकालाई आज परेको छ, भोलि अर्कोलाई नपर्ला भन्न सकिन्न ।

माथि चर्चा गरेका दुई नायिकाको हकमा दुईवटा कुरा मिलेका छन् । पहिलो, उनीहरूले महँगो भिडियोमा अभिनय गरेपछि प्रेमी सार्वजनिक गरे । दोस्रो– उनीहरुले दुवैले म्युजिक भिडियोसँग सम्बन्धित रहेर सामाजिक सञ्जालमा गाली खाए ।

पछिल्लो समय ‘महँगो लगानी’ भनेर फ्लेक्स गरिएका दुईवटा म्युजिक भिडियो सार्वजनिक भए । ती दुवैमा खेल्ने नायिका वैवाहिक जीवनतिर अग्रसर देखिएका छन्।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ६ : १९ बजे

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२