एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति « Khabarhub

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा सहमति भएको छ । दुई दलबीच आइतबार साँझ आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।

सहमति अनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेशसभामा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सहमति पत्रमा संसद् बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व कायम रहने तर संसद् भित्र एमालेको संसदीय दलमा आबद्ध रहने छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ । सहमतिमा नेकपा ९एमाले० लाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न दुवै दल एकमत रहेको उल्लेख छ ।

सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । दुवै दलबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा नेताहरू मिलन राजवंशी, प्रकाश थापा लगायत उपस्थित थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : १२ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको