रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश « Khabarhub

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

चुनावी घरदैलोमा रहेका नेकपा नेता वर्षमान पुन अनन्तले सुनछहरी गाउँपालिका ६ फगाममा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पुन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन्।

विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना र मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला सदस्य भुलबहादुर पुन पार्टी प्रवेश गरे । पुन ०८९ मा वडाअध्यक्षका उम्मेदवार थिए ।

यसअघि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत महिना नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।

नेता पुनले नवप्रवेशीलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिने बताए । यस्तै उनले जिल्लाको विकासका लागि थालिएका चालु योजना सम्पन्न गर्न सहजीकरणका लागि आफूलाई मत दिएर जिताउन आग्रह गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ५८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल