यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण « Khabarhub

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट प्रदर्शनमा आएका दुई फिल्महरु ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन स्थगित भएको छ ।

यी दुवै फिल्मले फागुन २१ गतेको निर्वाचनलाई कारण देखाएर प्रदर्शन स्थगित गरेका छन् । विज्ञप्ति जारी गरी फागुन ६ गतेबाट यी दुई फिल्म हलबाट उतारिएको छ ।

‘श्री बुकुरो’ टिमले विज्ञप्तिमा लेखेको छ, ‘देशको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै निर्माता पक्षको निर्णयअनुसार प्रदर्शन स्थगित गरेको जानकारी गराइन्छ ।’

‘बिगुल’ टिमले निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखेर प्रदर्शन स्थगित गरेको दाबी गरेको छ ।

स्थगितको कारण विज्ञप्तिमा जे देखाए पनि वास्तविकता फरक छ । दुवै फिल्मको व्यापार न्यून छ । पछिल्लो समय फिल्महरुलाई १ करोड ग्रस कलेक्सन पु¥याउन पनि मुस्किल परिरहेको छ ।

यी दुई फिल्मको हकमा पनि यही भएको हो । सोहीकारण यी फिल्म हलबाट उतारिएको स्पष्ट छ । फागुन १ देखि ५ गतेसम्म यी फिल्मको व्यापार निकै लाखमै सीमित छ ।

अर्को कुरा– चुनावमा केन्द्रित हुँदा दर्शक हलमा आएनन् भन्ने सोचले यी दुई फिल्म हलबाट उतारिएको हो । यो तर्क पनि कम अकुपेन्सीसँगै जोडिन्छ ।

अझ, ‘बिगुल’ त चुनावअघि नै हेर्नुपर्ने फिल्म भनेर प्रचार गरिएको थियो । अहिले हलबाट उतारिँदा निर्माण पक्षमाथि नैतिक प्रश्न स्वभाविक उठेको छ ।
‘श्री बुकुरो’ अब वैशाख १८ बाट प्रदर्शनमा आउने बताइएको छ । ‘बिगुल’को नयाँ प्रदर्शन मिति तोकिएको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ५३ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने