बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै « Khabarhub

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा प्रहरीले समयमै नियन्त्रण लिएको छ ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको थियो । घटनामा एक जनाको मृत्यु भएको छ । 

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिँदा धुलिखेल नगरपालिका– ८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधानको मृत्यु भएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।

टिपरले बनेपाबाट साँगातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । प्रहरीले स्कुटर चालकको शव अस्पताल पठाएको छ । ट्रक चालक भने फरार छन् ।

दुर्घटनापछि अरनिको राजमार्ग अन्तर्गत बनेपा क्षेत्रको यातायात ठप्प भए पछि उक्त क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १ : २५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका