बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै « Khabarhub

बनेपा घटना : प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा प्रहरीले समयमै नियन्त्रण लिएको छ ।

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको थियो । घटनामा एक जनाको मृत्यु भएको छ । 

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिँदा धुलिखेल नगरपालिका– ८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधानको मृत्यु भएपछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।

टिपरले बनेपाबाट साँगातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । प्रहरीले स्कुटर चालकको शव अस्पताल पठाएको छ । ट्रक चालक भने फरार छन् ।

दुर्घटनापछि अरनिको राजमार्ग अन्तर्गत बनेपा क्षेत्रको यातायात ठप्प भए पछि उक्त क्षेत्रको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १ : २५ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन