मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै « Khabarhub

मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ ।

यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा छ कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दीपेन्द्र पौडेलका अनुसार मुस्ताङका ३९ मतदानस्थलमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी ७८ जना कर्मचारी खटाइने तयारी भइरहेको छ ।

निर्वाचनका लागि एक मतदान स्थलमा एक जना मतदान अधिकृत,एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटिने सहायक निर्वाचन अधिकृत पौडेलले बताए।

घोषित प्रतिनिघिसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा खटाइने कर्मचारीहरु पहिलो प्राथमिकतामा सङ्घीय कार्यालय, दोस्रो प्राथमिकतामा प्रादेशिक कार्यालय र तेस्रो प्राथमिकतामा स्थानीय तहका कर्मचारीलाई समावेश गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कारागार मुस्ताङको अस्थायी मतदानस्थलका लागि पनि थप मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी छ जना कर्मचारी खटाइने बताएको छ ।

यसैगरी हिमाली जिल्ला मुस्ताङमा ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलको सङ्ख्या आठ वटा र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलको सङ्ख्या ३१ वटा रहेको जनाइएको छ । यसका अलवा थप एक अस्थायी मतदान केन्द्र जिल्ला कारागारा शाखामा कायम गरिएको छ ।

निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा ८६ स्वयंसेविक परिचालित हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा तीन जना स्वयंसेविक र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलमा दुई जना स्वयंसेविक राख्न पाउने व्यवस्था मिलाइएको छ । निर्वाचनमा खटाइने स्वंयसेवकहरु सम्बन्धित मतदानस्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको सिफारिसमा नियुक्ति गरिने जनाईएको छ ।

यसैगरी जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग र खाद्यसंस्थान गरी ९५ प्रतिशत निर्वाचन सामग्री उपलब्ध भइसकेको जनाएको छ । मतपेटिका बाकस कार्यालयमै रहेको मतपत्र ढुवानी हेलिकप्टर मार्फत उपलब्ध हुने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : १३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली