साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले नामीबियालाई दियो २०० रनको चुनौती « Khabarhub

साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले नामीबियालाई दियो २०० रनको चुनौती


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- टी-२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई २०० रनको लक्ष्य दिएको छ। कोलम्बोस्थित सिंहलिज स्पोर्ट्स क्लबमा टस जितेर पाकिस्तानले ब्याटिङ रोज्दै २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको छ।

पाकिस्तानी ओपनर साहिबजादा फरहानले ५८ बलमा नटआउट १०० रनको पारी खेलेर शतक पूरा गरे। शादाब खानले नटआउट ३६ रन बनाए । कप्तान सलमान अली आगाले ३८ रनमा पारी समाप्त गरे। नामीबियाका लागि ज्याक ब्रेसलले २ विकेट लिए । जेरार्ड इरास्मसको नाममा १ विकेट रह्यो।

जवाफी पारीमा नामीबिया दोस्रो ओभरमा ११ रन जोडिसकेको छ। जोन फ्राइलिनक र लोरेन स्टीनक्याम्प अहिले क्रीजमा छन्।

प्लेइङ–११

पाकिस्तान: सलमान आगा (कप्तान), साहिबजादा फरहान, सईम अयूब, बाबर आजम, उस्मान खान (विकेटकिपर), ख्वाजा नफी, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, सलमान मिर्जा, उस्मान तारिक।

नामीबिया: जेरार्ड इरास्मस (कप्तान), जोन फ्राइलिनक, लोरेन स्टीनक्याम्प, निकोल लोफ्टी-ईटन, एलेक्जेन्डर वाल्सचेन्क, जेजे स्मिट, जेन ग्रीन (विकेटकिपर), रूबेन ट्रम्पेलम्यान, विलेम मायबर्ग, बर्नार्ड शोल्ट्ज, जैक ब्रेसल।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : १२ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण