कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने « Khabarhub

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गरिने उल्लेख गरिएको छ ।

बुधबार जनकपुरको एक सभाको बीचबाट सार्वजनिक गरिएको भिजनमा कांग्रेसले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहन गर्ने उल्लेख छ ।

‘राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ, आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ’, कांग्रेसको भिजनमा उल्लेख छ ।

आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य बनाउने कांग्रेसको भिजनमार्फत आफ्नो नीति सार्वजनिक गरेको छ । 

‘सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ’, भिजनमा उल्लेख छ, ‘साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउनेछ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ३४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली