एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर « Khabarhub

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ । जसमा एनसेलका ग्राहक फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँको छुट पाउने छन् ।

कम्पनीका अनुसार मंगलबारदेखि सञ्चालनमा आएको यो अफरमा ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँ छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमाण्डुमा १,००० रुपैयाँ वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एक भन्दाबढी १५० छुटका कुपनहरु प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप https://foodmandu.app.link/appfmd वा आधिकारिक वेबसाइट https://foodmandu.com मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरु कसैलाई दिन पाईदैन, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्यूवल प्याक, सापटी प्याक, र गिफ्ट प्याक खरिदमा लागू हुँदैन ।

‘हामी एनसेलमा कनेक्टिभिटी भन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौ भनेर सधैँ काम गरिरहेका हुन्छौं । फुडमाण्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहजै दुरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,’ एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपङ्ग दत्तले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ६ : ५१ बजे

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको