आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइयो « Khabarhub

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइयो


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेर्पा समुदायले नयाँ वर्ष ‘२१५३औँ मे फो ता लो’ ग्याल्पो ल्होसार आज नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाएका छन् । 

पर्वका अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै प्रेम, शान्ति र भाइचाराको सन्देश साटासाट गरी मनाएका हुन् । ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात नयाँ भन्ने अर्थ बोकेको ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ । 

यस अवसरमा गाउँघर तथा टोलका बाटोघाटो र पानीका मुहान सरसफाइ गर्ने, गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद लिने तथा आफन्तजनबीच भेटघाट गर्ने चलन छ । साथै नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक, खाप्से र डेसिल तयार गरी खाने परम्परा छ । 
    
नेपाल शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले यस पर्वलाई सांस्कृतिक उत्सवसँगै अधिकार प्राप्तिको आन्दोलनका रूपमा समेत लिनुपर्ने बताए। 

उनका अनुसार ल्होसार नयाँ वर्षको सुरुआत मात्र नभइ सांस्कृतिक उत्सवको महत्वपूर्ण पर्व हो । यस अवसरलाई आपसी सद्भाव, शुभकामना आदानप्रदान र समुदायको अधिकारका विषय उठान गर्ने अवसरका रूपमा मनाइएको उनले बताए। 
    
यसै अवसरमा आज शेर्पा संरक्षण समाज नेपालले बूढानीलकण्ठ नगरपालिकामा शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । समाजका महासचिव रिञ्जिन शेर्पाले यस कार्यक्रममार्फत छरिएर रहेका शेर्पा समुदायबीच एकता र हर्ष बढाउन मद्दत गरेको बताए। पर्वका क्रममा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो भने तुङ्गना (डम्याङ) को मधुर धुनसँगै सामूहिक उल्लास देखिएको थियो । 

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले चन्द्र पात्रोअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँवर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । 

नयाँ वर्षका रूपमा मनाइने यस पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह ल्याउने तथा आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास गरिएको छ । ग्याल्पो ल्होसार शेर्पा समुदायको मात्र नभइ नेपाली बहुसांस्कृतिक पहिचानको महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ । 
 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ०६ बजे

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु