निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल « Khabarhub

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

निर्वाचन तयारीको सिलसिलामा आज काठमाडौँको निर्वाचन क्षेत्र नं–३, गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजल क्षेत्रका विभिन्न मतदान केन्द्र तथा निर्वाचन अधिकृतको कार्यालयको स्थलगत निरीक्षण गर्दै उनले सुरक्षा व्यवस्था र आवश्यक तयारीबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा आउन सक्ने गलत र मिथ्या सूचना तथा दुष्प्रचारबाट सचेत रहँदै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

गृह सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले गोकर्णेश्वर र ओख्रेनी माविमा रहेका मतदान केन्द्र एवं धापड््याम क्षेत्रको अवलोकन गरेको थियो ।

सो अवसरमा निर्वाचन अधिकृतहरूले जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र निर्वाचन सामग्री ढुवानीलगायतका तयारी चुस्त रूपमा अघि बढिरहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : ०० बजे

बालबालिकासम्बन्धी ऐन संशोधन गर्दा कार्यान्वयनमुखी बनाउनुपर्ने सुझाव

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु