पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’ « Khabarhub

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा परेको छ । सिरुबारी सामुदायिक घरबास (होमस्टे) पुग्ने मूल सडक किनारमा यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।

आँधीखोला गाउँपालिका–१ वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार आर्थिक वर्ष २०८०–८१ देखि यस ठाउँमा पर्यापर्यटनको माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्नेगरी कार्यक्रम अगाडि सारिएको छ ।

‘म्हाजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागत द्वार निर्माण, आकर्षक झुला, प्रतिक्षालय, म्हाजु भञ्ज्याङ इकोभिलेज एन्ड रेष्टोको रूपमा विकास गरिएको छ’, उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय अग्र्यानिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेली घर पनि निर्माण गरिएको छ ।’

आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा यस ठाउँमा पूर्वाधार विकासका लागि झन्डै एक करोड लगानी भइसकेको वडाध्यक्ष अधिकारीले जानकारी दिए । वडा कार्यालयले सार्वजनिक जमिनलाई भाडामा लगाएर इको स्टे’ सञ्चालन गरेकाले स्थानीय १० जना युवकले रोजगारी पाएका छन् । दैनिक ५०० आन्तरिक तथा बाह्य पर्यटक म्हाजु आउने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : ५२ बजे

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र