कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै « Khabarhub

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटको आवाज सुनिएको छ । घटनाले क्षेत्रीय सुरक्षाप्रति चिन्ता थप बढाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरबिल सहरका विभिन्न भागबाट विस्फोटको आवाज सुनिएको हो, तर आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । 

इरबिलको उपनगरबाट हेर्दा सहरमाथि प्रक्षेप्यहरू रोकिँदै गरेको दृश्य देखिएको जनाइएको छ । सोही क्षेत्रमा प्रमुख अमेरिकी वाणिज्य दूतावास परिसर रहेको छ भने विमानस्थलमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनका सैनिकहरू तैनाथ छन् ।

इराक लामो समयदेखि अमेरिका र इरानबीचको अप्रत्यक्ष द्वन्द्वको केन्द्र रहँदै आएको छ र हालको मध्यपूर्व युद्धले यसलाई थप संवेदनशील बनाएको देखिन्छ । पछिल्ला आक्रमणहरू इरान समर्थित समूहहरूलाई लक्षित गर्दै गरिएको बताइन्छ, जसले इराकसहित क्षेत्रभर अमेरिकी हितविरुद्ध लगातार आक्रमणको दाबी गर्दै आएका छन् ।

युद्ध सुरु भएयता इरबिलमा सुरक्षा सतर्कता बढाइएको छ । गठबन्धनको हवाई प्रतिरक्षा प्रणालीले पटक-पटक ड्रोन खसालेको बताइएको छ । पछिल्ला केही दिनदेखि सहरमा दैनिकजसो विस्फोटका आवाज सुनिन थालेका छन्, यद्यपि प्रायः साँझपख यस्ता घटनाहरू हुने गरेका छन् ।

मंगलबार राति शक्तिशाली इरान समर्थित सशस्त्र समूह कातेब हिजबुल्लाहले इराकमा अमेरिकी उपस्थितिको कडा विरोध गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न माग गरेको थियो । 

वासिङ्टनद्वारा आतंकवादी संगठन घोषित उक्त समूह ‘इस्लामिक प्रतिरोध’ नामक छाता संगठनअन्तर्गत सक्रिय छ, जसले इराक र व्यापक क्षेत्रमा अमेरिकी हितविरुद्ध नियमित आक्रमणको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ५ : ०५ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी