काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि नेपालमा निर्माण मजदुर र उपभोक्तामा असर देखिन थालेको छ।
निर्माण व्यवसायी महासङ्घले मूल्यवृद्धिका कारण निर्माण बिदा माग गरेपछि करिब १० लाख निर्माण मजदुरको दैनिक आम्दानी बन्द हुने जोखिम उत्पन्न भएको छ।
नेपाल आयल निगमले पेट्रोल र मट्टितेलमा भारी मूल्यवृद्धि गरेको छ भने बजारमा एलपी ग्यास आधा सिलिन्डर मात्र उपलब्ध छ। इन्धन मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि प्रत्यक्ष असर पार्ने देखिन्छ। यस्तै, आप्रवासी श्रमिकको सुरक्षित काम गर्ने अधिकार हनन भइरहेको र महंगीले मजदुरको जीवनशैली प्रभावित भएको छ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले मूल्यवृद्धिका प्रभाव मुख्यत: आम मजदुर, महिला र संरचनागत रुपमा पछाडि परेका समुदायमा पर्ने र यसले जीवनयापन, विभेद र हिंसाको जोखिम बढाउने चेतावनी दिएको छ।
ओरेकले श्रमिक वर्ग र सीमान्तकृत समुदायको खाद्य, जीवनरक्षा, आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्न र मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सरकारका सम्बन्धित निकायसँग ठोस कदम चाल्न माग गरेको छ।













प्रतिक्रिया