बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक « Khabarhub

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले फागुन २१ को आमनिर्वाचनमा रास्वपाले प्राप्त गरेको जनमतले नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश दिएको उल्लेख गरेका छन्।

भट्टराईले पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरणका क्रममा व्यक्त गरेका विचार सकारात्मक रहेको पनि बताएका छन्।

उनले ‘फलेको हाँगो निहुरिन्छ’ भन्ने लोकोक्तिलाई व्यवहारमा कायम राख्नुपर्नेमा जोड दिएका छन्।

भट्टराईले रास्वपाले प्राप्त गरेको मतलाई कुनै एक व्यक्ति वा पार्टीको मात्रै सफलता नभई समग्र राजनीतिक रूपान्तरणको संकेतका रूपमा लिनुपर्ने बताएका छन्।

पुराना दलप्रति प्रतिक्रियात्मक नभई उनीहरूको ऐतिहासिक भूमिकाको सम्मान गर्दै उपलब्धिहरूको रक्षा गर्दै नयाँ भविष्य निर्माण गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ५ : ५३ बजे

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति